काठमाडौं : एक महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १२ अर्ब रुपैयाँले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तसम्म १२ अर्ब ३१ करोड ६९ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् ।
मंसिर मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३७ लाख ६२ हजार ५५४ बीमालेख बिक्री गरी ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
उक्त बीमाशुल्क गत काीत्तक मसान्तको तुलनामा २४.९१ प्रतिशतले बढी हो । जबकी गत कात्तिक मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३७ लाख १४ हजार ५४७ बीमालेख बिक्री गरी ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
एक महिना उठाए १२ अर्ब बीमाशुल्क
कम्पनीहरुले चालु आवको कात्तिकमा महिनामा मात्रै १२ अर्ब बढीको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले चार लाख ३६ हजार ५११ बीमालेख बिक्री गरी १२ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
जबकी गत कात्तिक महिनामा बीमा कम्पनीहरुले तीन लाख २४ हजार ३५५ बीमालेख बिक्री गरी ८ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।
नेपाल लाइफको व्यापार १६ अर्ब माथि
यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म यस कम्पनीले १२ लाख ३० हजार ७१७ बीमालेख बिक्री गरी १६ अर्ब ७६ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
गत कात्तिक मसान्तको तुलनामा कम्पनीको व्यापार २४.४५३ प्रतिशत अर्थात ३ अर्ब ३२ करोड ३२ लाख रुपैयाँले बढी हो । गत कात्तिक मसान्तसम्म कम्पनीले १ज्ञ लाख ९७ हजार ५९७ बीमालेख जारी गरी १३ अर्ब ४३ करोड ७६ लाख रुपैयाँको व्यापार गरेको थियो ।
अन्य कम्पनीको व्यवसाय
यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ५ लाख ८३ हजार ५५० बीमालेख बिक्री गरी चार अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै चालु आवको मंसिर मसान्तसम्म नेशनल लाइफले १५ लाख ७९ हजार २५९ बीमालेख जारी गरी ७ अर्ब १६ करोड २३ लाख रुपैयाँ बीमाशुृल्क संकलन गरेको छ भने लाइफ इन्स्योरेन्स कम्पनीले पनि ६ अर्ब ९२ करोड एक लाख रुपैयाँको व्यापार गरेको छ ।
मंसिर मसान्तसम्म मेट लाइफले दुई अर्ब १९ करोड २७लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, एशियन लाइफले तीन अर्ब २ करोड ४९ लाख, आईएमई लाइफले एक अर्ब ६३ करोड ७८ लाख रुपैयाँ र सन नेपाल लाइफले एक अर्ब ४४ करोड ९३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा अधिकांश बीमा कम्पनीहरुको व्यापार बढेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३२ लाख ६४ हजार ६७७ बीमालेख बिक्री गरी एक अर्ब ५३ करोड १९ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यस अवधिमा सिटिजन लाइफले दुई अर्ब २३ करोड ९२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले तीन अर्ब ४५ करोड ८४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले दुई अर्ब ३६ करोड ९२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ७९ करोड ९० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने प्रभु महालक्ष्मी लाइफले एक अर्ब ६७ करोड ६०लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
लघुबीमाको व्यवसाय एक करोड माथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । मंसिर मसान्तसम्म कम्पनीहरुले एक करोड ९ लाख २२ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले तीन हजार ५१४ बीमालेख जारी गरी ३५ लाख ५६ हजार रुपैयाँ, केष्ट माइक्रो लाइफले ४ हजार ६९ बीमालेख जारी गरी ६१ लाख ९८ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ४८८ बीमालेख जारी गरी ११ लाख ६७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
Advertisment