Below Menu
Below Menu

हकप्रद जारी गर्न रिडी पावर र अरुण भ्याली हाइड्रोपावरले पाए बोर्डको अनुमति 

हकप्रद जारी गर्न रिडी पावर र अरुण भ्याली हाइड्रोपावरले पाए बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले अरुण भ्याली र रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद जारी गर्न अनुमति दिएको हो । 

सेबोनका अनुसार अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत र रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएका हुन् । अरुण भ्यालीले शतप्रतिशत अर्थात १ः१ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको हो ।

त्यस्तै, रिडी पावरले ५० प्रतिशत अर्थात १ः०५ को अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर हकप्रद जारी गर्न अनुमति पाएको हो ।

Advertisment

थप समाचार