Below Menu
Below Menu

चन्द्रागिरी हिल्सको ‘लकइन पिरियड’ माघ ८ गते सकिने

चन्द्रागिरी हिल्सको ‘लकइन पिरियड’ माघ ८ गते सकिने

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) माघ ८ गतेबाट खुला हुने भएको  । कम्पनीले संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीलाई निष्कासन गरेको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । 

एक करोड ३८ लाख ६८ हजार १८३ कित्ता शेयरको लकइन पिरियड खुल्ला भएको कम्पनीले जनाएको छ । कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता सेयर, ३ लाख ६ हजार ८१९ कित्ता स्थानीय बासीको र ६१ हजार ३६४ कित्ता कर्मचारीको शेयरमा लकइन अवधि सकिन लागेको हो ।

लकइन अवधि सकिएपछि कुल १ करोड ३८ लाख ६८ हजार १८३ कित्ता शेयर बजारमा थपिनेछ । कम्पनीका अनुसार उक्त शेयर २०७७ माघ ९ गते आयोजना प्रभावित स्थानीयका लागि बाँडफाँड गरिएको शेयरको लकइन पिरियड सकिन लागेको हो ।

लकइन पिरियड सकिन लागेसँगै अब आयोजना प्रभावित स्थानीय  बासिन्दा, संस्थापक शेयरधनी र कर्मचारीले आफ्नो सेयर बिक्री गर्न पाउने भएको कम्पनीले जनाएको छ । 


 

Advertisment

थप समाचार