Below Menu
Below Menu

सिंगटी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेले बिहिबार दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सिंगटी हाइड्रो र मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीहरुले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार सिंगटी हाइड्रो इनर्जी १०० प्रतिशत हकप्रद पछिको शेयरमूल्य २०२ दशमलव ९० रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३०५ दशमलव ८० रुपैयाँमा भएको थियो ।

त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको ४.७५ प्रतिशत बोनसपछिको मूल्य ४०९ दशमलव ३६ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार ४२८ दशमलव ८० रुपैयाँमा भएको थियो ।

Advertisment

थप समाचार