Below Menu
Below Menu

नेप्से परिसूचकमा सामान्य गिरावट, साढे पाँच अर्बको कारोबार 

नेप्से परिसूचकमा सामान्य गिरावट, साढे पाँच अर्बको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २७.९० अंकले बढेर २०५८.०० बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका ११३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेपनि आज कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा पाँच अर्ब ५८ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा कालिका पावर कम्पनी र सिंगटी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दाबढीले बढेको हो । 
 

Advertisment

थप समाचार