काठमाडौं : नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को यस प्रदेशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको हिस्सा १.६९ प्रतिशत हुने अनुमान रहेको छ । आर्थिकवर्षको कुल गार्हस्थ्य उत्पादन उपभोतmाको मुल्यमा रु. ५३ खर्ब ८१ अर्ब रहने अनुमान छ । त्यस्तै मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा रु. ७ खर्ब ७ अर्ब रहने अनुमान छ ।
कुल गार्हस्थ्य उत्पादन वृद्धि दर चालु आवमा राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १.८६ प्रतिशत अनुमान गरिएकोमा मधेश प्रदेशको आर्थिक बृद्धिदर १.६९ प्रतिशत रहने अनुमान छ । यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबभन्दा बढी योगदान ३५.२ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत खानी तथा उत्खनन क्षेत्रको रहेको छ ।
आर्थिक वर्ष २०७९÷८० मा यस प्रदेशमा प्रमुख कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्रफलमा ३.१६ प्रतिशतले वृद्धि भई १० लाख ३७ हजार
४४ हेक्टर पुगेको छ । यस आर्थिक वर्षमा प्रदेशको समग्र कृषि बालीहरू (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को कुल उत्पादनमा ३.२५ प्रतिशतले ह्रास आई ६१ लाख ८२ हजार १ सय ३४ मेट्रिक टन पुगेको छ ।
समिक्षा वर्षमा दुधको उत्पादनमा १.७० प्रतिशत, मासुको उत्पादनमा १.३७ प्रतिशत, अण्डाको उत्पादन १.८८ प्रतिशत र माछाको उत्पादनमा ५.२७ प्रतिशत वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा कुल कर्जाको १२.५५ प्रतिशत पुगी रु.५३ अर्ब ९५ करोड पुगेको छ ।
यस प्रदेशका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ५४.२५ प्रतिशत रहेको छ भने उत्पादन वृद्धि औसतमा ५.२३ प्रतिशत रहेको छ । समीक्षा वर्षमा यस प्रदेशमाा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ठ.३० प्रतिशतले वृद्घि भई रु.१ खर्ब ९ अर्ब ५९ करोड पुगेको छ
मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५५ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३१ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स एवम् धातुका सामान उत्पादन तर्फ ५ प्रतिशत, निर्माण उद्योगतर्फ ६ प्रतिशत, खानी उद्योगतर्फ २ प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ १ प्रतिशत कर्जा प्रवाह भएको छ ।
मधेश प्रदेशको पर्यटकस्तरीय होटलमा कार्यरत कर्मचारीहरूको संख्या र पर्यटकको आगमनमा क्रमशः ३६.९९ प्रतिशत र ५५.३७ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा रजिष्ट्रेसन संख्यामा ७५.२५ प्रतिशतले ह्रास भएको छ भने घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा २६.६ प्रतिशतले वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले समीक्षा वर्षमा यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप १३.२५ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ९६ अर्ब ५० करोड पुगेको छ भने यस प्रदेशमा प्रवाह गरेको कर्जा ४.६८ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ५० अर्ब २१ करोड पुगेको छ ।
पूर्वाधार र रोजगारीमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, पूर्व–पश्चिम रेलमार्ग आयोजना, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम रहेका छन् ।
आर्थिक वर्ष २०७९÷८० को अन्त्यसम्ममा मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या १ लाख ८१ हजार ६ सय १३ रहेको छ जुन संख्या मुलुकभरिबाट श्रम स्वीकृति लिने संख्याको २३.५५ प्रतिशत हो।
Advertisment