काठमाडौं : हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले पुस २५ गते साधारणसभा बोलाएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित सो दिन साधारण सभा बोलाएको हो ।
उक्त सभा सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजे हुने छ । सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने, लेखदापरीक्षक नियक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको निर्वाचन गर्ने र सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment