काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३०.०५ अंकले घटेर २०३०.१० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २०९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा चार अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सोनापुर मिनरल्स एण्ड आयल र मुक्तिनाथ कृषि कम्पनी कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दाबढीले बढेको हो ।
Advertisment