काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बढेको देखिएको छ । गत कात्तिक मसान्तको तुलनामा मंसिरमा कम्पनीको व्यवसाय २३.४९ प्रतितशले बढेको हो । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १५ अर्बबढीको बीमा व्यवसाय गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले ११ लाख ६१ हजार २५९ बीमालेख बिक्री गरी १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
गत कात्तिक मसान्तसम्मको तुलनामा कम्पनीहरुको व्यवसाय दुई अर्ब ९९ करोड ६ लाख रुपैयाँले बढेको छ । कात्तिक मसान्तसम्म कम्पनीहरुले ८ लाख ८८ हजार ८७४ बीमालेख बिक्री गरी १२ अर्ब ७३ करोड चार लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
अर्ब क्लबमा आठ कम्पनी
प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । कम्पनीले यस अवधिमा एक लाख २२ हजार ६९३ बीमालेख बिक्री गरी एक अर्ब ९९ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले मंसिर मसान्तसम्म एक लाख २८ हजार ३८९ बीमालेख बिक्री गरी एक अर्ब ६५ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो छ भने शिखर इन्स्योरेन्सले यस अवधिमा एक लाख २२ हजार ६७८ बीमालेख जारी जारी गरी एक अर्ब ३९ करोड ५३ लाख रुपैयाँको व्यवसाय गरेको छ ।
त्यसैगरी नेको इन्स्योरेन्सले मंसिर मसान्तसम्म एक अर्ब ३३ करोड ३० लाख रुपैयाँ, आईजीआई प्रुडेसिन्यलले एक अर्ब ३८ करोड १२ लाख र हिमालयन एभरेष्टले एक अर्ब ३९ करोड ५३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
यस अवधिमा एनएलजी र युनाइटेड अजोज इन्स्यारेन्सको व्यापारमा पनि उल्लेख्य सुधार भएको देखिएको छ । यस अवधिमा एनएलजी इन्स्योरेन्सले एक अर्ब एक करोड ६४ लाख र युनाइडेड अजोड इन्स्योरेन्सले ८७ हजार ५६५ बीमालेख जारी गरी एक अर्ब ७ करोड १२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
छ कम्पनी अझै पुगेनन् अर्ब क्लबमा
बजारमा आर्थिक गतिविधि सुस्त हुँदा बीमा कम्पनीहरुको विजनेश पनि घट्दै गएको हो । केही सिमित कम्पनीले अर्ब भन्दा माथिको व्यवसाय गर्दा छ कम्पनी अझै अर्ब क्लवमा पुग्न सकेका छैनन् ।
मंसिर मसान्तसम्म नेपाल इन्स्योरेन्सले ६१ करोड ९१ लाख ९० हजार रुपैयाँ, दि ओरियन्टलले ७२ करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ६१ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ५१ करोड १९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
प्राधिकरणका अन्सार यस अवधिमा प्रभु इन्स्योरेन्सले ८४ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने सानिमा जिआईसी इन्स्योरेन्सले ६३ हजार २४९ बीमालेख बिक्री गरी ९६ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
लघुबीमाको व्यवसाय साढे दुई करोड
मंसिर मसान्तसम्ममा निर्जीवन बीमा अन्तर्गतका दुई लघुबीमा कम्पनीहरुले दुई करोड माथिको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ११ हजार १८८ बीमालेख जारी गरी दुई करोड ७९ लाख ३४ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले एक करोड ४० लाख ८४ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले एक करोड ३८ लाख ५० हजार रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।
Advertisment