काठमाडौं : प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग गदै तीन जलविद्युत कम्पनील नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सेबोनका अनुसार विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लफिङ्ग बुद्ध पावर नेपालले आईपीओ जारी गर्न बोर्डमा निवेदन दिएका हुन् ।
कम्पनीहरुले प्रतिशेयर एक सय रुपैयाँ रहेका अंकित मूल्यमा १ अर्ब ६८ करोड ३५ लाख ७९ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६८ लाख ३५ हजार ७ सय ९७ कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेका हुन् । बोर्डका अनुसार विकास हाइड्रोपावरले ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको शेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, रिड्जे लाईन इनर्जीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ५८ करोड ४ लाख २० हजार १ सय रुपैयाँ बराबरको ५८ लाख ४ हजार २०१ कित्ता शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले शेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
त्यसैगरी लफिङ्ग बुद्ध पावरले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६५ करोड ७७ लाख रुपैयाँ बराबरको ६५ लाख ७७ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीको शेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
Advertisment