Below Menu
Below Menu

हिमालयन रिइन्स्योरेन्सको प्रि–अलोटमेन्ट सम्पन्न, यसैसाता आईपीओ बाडफाँट हुने 

हिमालयन रिइन्स्योरेन्सको प्रि–अलोटमेन्ट सम्पन्न, यसैसाता आईपीओ बाडफाँट हुने 

काठमाडौं : हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओको प्रि अलोटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यसै साताभित्र आईपीओ बाँडफाँट गर्ने गरी प्रारम्भिक तयारी गरिएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा आवेदन दिएका सबै आवेदकले पाउने जनाईएको छ । रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिएका १६ लाख ६० हजार २२ जनाले १० कित्ताको दरले १ करोड ६६ लाख २२० कित्ता शेयर पाउने क्यापिटलले जनाएको छ । बाँकी रहेको शेयर गोलाप्रथाबाट बाँडफाँट गर्दा थप कित्ता शेयर केही लगानीकर्ताले हात पार्नेछन् । 

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा २ करोड ४९ लाख कित्ता शेयर निष्कासन गरेको थियो । 

Advertisment

थप समाचार