Below Menu
Below Menu

हकप्रद जारी गर्ने प्रस्तावसहित प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

हकप्रद जारी गर्ने प्रस्तावसहित प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको वृद्धि गर्न १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित पुस २९ गते साधारणसभा बोलाएको छ ।

सो सभा अर्पण ब्याङक्वेट बानेश्वरमा दिउँसो ३ बजे हुनेछ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालक समितिमा ६ जना नियुक्त गर्ने र प्रबन्ध पत्र तथा नियमावली समेत संशोधान गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

 नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेपछि कम्पनीले पुँजी जुटाउनका लागि हकप्रद निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

यसका साथै सभाले पुँजी वृद्धि अनुसार चुक्ता पूँजीकायम गरी प्रबन्ध पत्र तथा नियमावली समेत संशोधान गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभिने कार्यमा भएका खर्चहरु अनुमोदन गर्ने गर्नेछ । 

त्यस्तै, जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित बनेकाहरुको सहयोगार्थ प्रधानमन्त्री राहात तथा दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको १० लाख रुपैयाँ पनि सभाले पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । 

Advertisment

थप समाचार