Below Menu
Below Menu

मेट लाइफ इन्स्योरेन्सले कति दिँदैछ बीमितलाई बोनसदर 

मेट लाइफ इन्स्योरेन्सले कति दिँदैछ बीमितलाई बोनसदर 

काठमाडौं : मेट लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । 

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार शिक्षा संरक्षण बीमा योजनामा प्रतिहजार न्युनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार अग्रिम भुक्तानी योजनामा प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । 

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
 

Advertisment

थप समाचार