काठाडमौं : शेयर कारोबार फेरी ४० मिनेटका लागि बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेप्सेमा दोस्रो सर्किट ब्रेक भएपछि कारोबार स्थगित गरिएको हो ।
कारोबार खुलेदेखिनै शेयर बजारले निरन्तर बढेपछि नेप्सेमा फेरी दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेकपछि खुलेको बजार फेरी ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो।
यस अघि बजार खुलेको पहिलो ५ मिनेटमानै ४ प्रतिशतले बढेर बन्द भएको बजार २० मिनेटको लागि बन्द भएको थियो ।
Advertisment