काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता २२० रूपैयाँ तोकिएको हुँदा इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति वा संघसंस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको शेयर खरिदका लागि मंसिर २८ गतेसम्म कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।
कम्पनीको शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
Advertisment