Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, करिब तीन अर्बको कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, करिब तीन अर्बको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३.३३ अंकले बढेर १८४१.०४ बिन्दुमा बन्द भएको थियो । 
आज कारोबारमा आएका १७५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा दुई अर्ब ७९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ८६ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा त्रिशुली जलविद्युत कम्पनी र समाज लघुवित्त वित्तीय संस्था  नबिल ब्यालेन्स फण्ड २ र सिवाइसी नेपाल लघुवित्त व्त्तिीय संस्था रहेको छ । आज यसका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै आज ग्लोबल आईएमई लघुवित्र वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment

थप समाचार