Below Menu
Below Menu

नेप्सेमा झिनो अंकको सुधार, रिलायबल नेपाल लाइफको सर्वाधिक शेयर कारोबार

नेप्सेमा झिनो अंकको सुधार, रिलायबल नेपाल लाइफको सर्वाधिक शेयर कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १०.१० अंकले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा एक अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ५४ करोड ४९ लाख  रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था  इमर्जिङ नेपाल लिमिटेड रहेको छ । आज यसका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै आज सिंगटी हाइड्रो इनर्जी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment

थप समाचार