Below Menu
Below Menu

लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो साधारणसभा 

लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो साधारणसभा 

काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसधा बोलाएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

Sponsored Advertisement

कम्पनीको साधारणसभा पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा बिहान ११ बजे हुनेछ । उक्त सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद शेयरको हक हस्तान्तरण गर्न व्यवस्था थप गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले मंसिर २८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर २७ गतेसम्म नेप्सेमा कायम भएक शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

थप समाचार