काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार चार सय रुपैयाँ तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तोलामा आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य मंगलबारदेखि घटेको हो ।
Advertisment