काठमाडौं : नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीले मंसिर १० गते देखि सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट भएको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ७६ हजार ५५८ जनाले आवेदन दिएका थिए । जसमा ११ लाख ९१ हजार ९९८ जनाको आवेदन स्वीकृत भएको छ भने ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता शेयर निष्काशन गरेको थियो।
Advertisment