Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सुधार 

झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सुधार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ७.२९ अंकले घटेर १८५१.२३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार आएको छ । आज बजारमा एक अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ९६ करोड ४० लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा समाज लघुवित्त वित्तीय संस्था रहेको छ । आज यसका कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दाबढीले बढेको हो । 

त्यस्तै आज माउन्टेन इनर्जी र एनआरएन एन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार