काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार एक लाख २० हजार आठ सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार छ सय रुपैयाँ तेजावी सुनको मूल्य एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment