काठमाडौं : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषाणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
होटलले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनु शेयर र कर प्रयोजना लागि ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्तावित लाभांश होटलको आगामी २७ औँ वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
Advertisment