Below Menu
Below Menu

हिमालयन डिष्टिलरीद्वारा लाभांश घोषणा, पुस २५ गते डाक्यो साधारणसभा 

हिमालयन डिष्टिलरीद्वारा लाभांश घोषणा, पुस २५ गते डाक्यो साधारणसभा 

काठमाडौं : हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरकेो छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र र कर प्रयोजनका लापिग १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २५ गते बुधबार साधारणसभा बोलाएको छ । सो सभा लिपनिविर्तास्थित रजिष्टर्ड कार्यालयमा बिहान १० बजे हुनेछ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार