Below Menu
Below Menu

सामान्य अंकले घट्यो शेयर बजार, ९६ करोडमा खुम्चियो कारोबार 

सामान्य अंकले घट्यो शेयर बजार, ९६ करोडमा खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा ९६ करोड ४० लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज छ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा थ्रि स्टार हाइड्रोपावर र सबैको लघुवित्त वित्तीय संस्था रहेका छन्  । आज यसका कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो ।

त्यस्तै आज माउन्टेन इनर्जी, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर र एनआरएन एन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा नकारात्म सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार