Below Menu
Below Menu

लाभांश प्रस्तावसहित नेपाल हाइड्रो डेभलोपरले डाक्यो साधारणसभा 

लाभांश प्रस्तावसहित नेपाल हाइड्रो डेभलोपरले डाक्यो साधारणसभा 

काठमाडौं : नेपाल हाइड्रो डेभलोपर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने २ करोड ३५ लाख १४ हजार ८५५ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशतका दरले हुन आउने १२ लाख ३७ हजार ६२३ रुपैयाँ ९५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस १२ गते साधारणसभा बोलाएको छ । उक्त सभा लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सो सभाले कम्पनीले वितरण गर्न लागेको लाभांंश प्रस्ताव लगायत प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, वित्तीय विवरण पारित गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर २४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार