काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत बुधबार अर्थात मंसिर १३ गते एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार आठ सय रुपैयाँ तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment