काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाइ थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो ।
अदालतले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पालगायतलाई थुनामा राख्ने यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ ।
जिल्ला अदालत काठमाडौले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाएको हो ।
Advertisment