काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment