काठमाडनैं : मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बिहिबार बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको कर सहितको नगद लभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
Advertisment