काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेको वेभलाइटमा समस्या देखिएको छ । बुधबार नेप्सेका सिस्टममा समस्या देखिएपछि ११ बजेपछि पनि शेयर कारोबार खुलेको छैन्।
बुधबार प्रि–ओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो। जसका कारण १२ बज्न लाग्दा समेत नियमित कारोबार खुलेको छैन । विद्युत आपूर्तिमा समस्या आएका कारण सिस्टम नखुलेको नेप्सेले जनाएको छ । कारोबार नखुलेपछि लगानीकर्ताहरु आक्रोशित बनेका छन् ।
Advertisment