काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार एक लाख १७ हजार सात सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।
महासंघका अनु्सार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार तीन सय रुपैयाँ तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० रुपैयाँम कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment