Below Menu
Below Menu

नेशनल लाईफ आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट सम्मानित 

नेशनल लाईफ आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट सम्मानित 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट सम्मानित भएको छ । 
कम्पनी मंसिर ७ गते इण्डियन च्याम्वर अफ कमर्शद्धारा आयोजित चौथों आइ सी सी इमर्जिङ एशिया कन्क्लेभबाट सम्मानित भएको हो ।

भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक भव्य समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी “ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड” बाट सम्मानित भएको हो 

विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो । कम्पनीका सहायक महा प्रवन्धक प्रज्वल सायमीले उक्त सम्मान ग्रहण गरेका थिए । 
 

Advertisment

थप समाचार