Below Menu
Below Menu

लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिने प्रहरीका सई अख्तियारको फन्दामा 

लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिने प्रहरीका सई अख्तियारको फन्दामा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक पवन साउदलाई  घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगले ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत असई साउदलाई ३० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो । 

सोही निवेनका आधारमा आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले उनलाई घुस/रिसवत लिइसकेको मंगलबार नियन्त्रणमा लिएको हो । 
 
 

Advertisment

थप समाचार