काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार सात सय रुपैयाँ तेजावी सुनको मूल्य एक लाख १७ हजार १५० रुपैयाँम कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment