Below Menu
Below Menu

पानीमा किरा भेटेपछि महानगरले लिरायो ए एण्ड बि वेभरेजलाई एक लाख जरिवाना 

पानीमा किरा भेटेपछि महानगरले लिरायो ए एण्ड बि वेभरेजलाई एक लाख जरिवाना 

काठमाडौं ट्ठ काठमाडौं महानगरपालिकाले ए एण्ड बि वेभरेज इन्डष्ट्रिजलाई एक लाख जरिवाना रुपैयाँ जरिवाना गरेको छ । महानगरको बजार अनुगमन समितिले कागेश्वरी मनहरा ६ को सो कम्पनीलाई खानेपानीमा किरा भेटिएको भन्दै सो रकम बराबरको जरिवान गरेको हो ।

साथै खानेपानी भर्नुअघि अनिवार्य निर्मलीकरण गर्न समेत निर्देशन दिएको छ । त्यस्तै, ल्याव परिक्षण् निर्देशन अनुसार समय समयमा ढ्वानीकर्तालाई प्रतिवेदन बुझाउन समेत समितल निर्देशन दिएको छ । 

निरीक्षण अधिकृत डा. पुजा खनालका अनुसार उक्त जरिवाना रकम सात दिन भित्र एनआर्यसी एशिया बैंकमा जम्मा गरी भौचर समेत समितिमा पेश गर्नुपर्नेछ । उक्त अवधिभित्र जरिवाना नबुझाएमा थप कारबाही समेत गरिने जनाइएको छ ।
 

Advertisment

थप समाचार