Below Menu
Below Menu

टिकेन शेयर बजारको रौनक, कारोबारसँगै घट्यो परिसूचक 

टिकेन शेयर बजारको रौनक, कारोबारसँगै घट्यो परिसूचक 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४७.७५ अंकले बढेर १९०७.९५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ६५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब एक करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक शेयरमूल्य बढ्नेमा अपर स्याङ्गे हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य पनि सर्किट लेभलमा पुगेको हो । त्यस्तै आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार