काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार एक लाख १६ हजार ९ सय रुपैयाँ पुगेको सुनको मूल्यले नयाँ रेकर्ड इतिहास बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघका अनु्सार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार चार सय रुपैयाँ तेजावी सुनको मूल्य एक लाख १६ हजार ८५० रुपैयाँम कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment