काठमाडौं : लिन्च स्टक मार्केट लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले हकप्रद शेयर र नगद लाभांश वितरण गर्ते प्रस्तावसहति साधारणसभा गर्न लागेको हो । आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औं सभा गर्न लागेको हो । उक्त सभा पुस ७ गते कम्पनीको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा बिहान ८ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा छलफल गर्नेछ ।
साथै सभाले कर प्रयोजनका लागि समेत नगद लाभांश वितरण स्वीकृत गर्ने प्रस्ताव गरेको छ । तर, कति प्रतिशत लाभांश वितरण गर्ने भन्ने कम्पनीको सूचनामा उल्लेख छैन ।
यसका साथै कम्पनीले हकप्रद शेयर जारी गरी चुक्तापूँजी वृद्धि गर्ने भएको छ । सो सभाले पूँजी वृद्धिका लागि प्रबन्धपत्र तथा नियमावली समेत संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ ।
Advertisment