Below Menu
Below Menu

उच्च अंकले सुधारियो शेयर बजार, दुई अर्ब नाघ्यो कारोबार 

उच्च अंकले सुधारियो शेयर बजार, दुई अर्ब नाघ्यो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७ अंकले बढेर १९०७.९५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ९.८७ अंकले बढेर १८६०.२० बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका २१४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा दुई अर्ब एक करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ११ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा छ्याङदी हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको शेयरमस्ल्य १० प्रतिशतले बढेको छ भने अन्य आठ कम्पनीको शेयरमूल्य पनि सर्किट लेभलमा पुगेको छ ।

त्यस्तै इन्फिनिटी लघुवित्त, एनएमबी सुलभ इन्भेष्टमेन्ट, आशा लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयरमूल्य २ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार