Below Menu
Below Menu

सर्वोत्तम सिमेन्टको आईपीओमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन 

सर्वोत्तम सिमेन्टको आईपीओमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन 

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन रहेको छ । गत मंसिर ६ गतेदेखि बुक बिल्डिङ प्रक्रिया मार्फत योग्य संस्थापक लगानीकर्ताहरुका लागि निष्कासनमा ल्याएको कम्पनीको आईपीओमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन रहेको हो । 

कम्पनीले हाल कायम रहेको जारी पूँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात २४ लाख कित्ता शेयरका लागि शुरुको बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैया रहेकोमा त्यसलाई परिमार्जन गरी बिक्री मूल्य सिमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ कायम गरिएको छ । 

कम्पनीले नेप्सेले बोलकबोल गर्ने प्रक्रिया मार्फत योग्य लगानीकर्ताहरु सहभागी गराइ परिमार्जित मूल्यको सीमामा रहि बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई  क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

आईपीओ खरिदका लागि योग्य संस्थागत लगानीकर्ताले नेप्सेको रजिष्टर्ड कार्यालयमा गई बोलपत्र फारम भरि शिलबन्दी गरिएको गोप्य बोलपत्र फारम बुझाउनुपर्नेछ ।

Advertisment

थप समाचार