काठमाडौं :नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । शनिबार बसेको सञ्चालक समिितको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९ दशमलव ९७ रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले ७८ लाख ६७ हजार १८६ दशमलव ३१ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४९ करोड ४७ लाख रुपैयाँ रहेको छ । उक्त बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।
उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिरकणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
Advertisment