काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेकाे छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment