Below Menu
Below Menu

तीन महिनामा नेपालले बेच्यो साढे दश करोडको ग्रीन टी 

तीन महिनामा नेपालले बेच्यो साढे दश करोडको ग्रीन टी 

काठमाडौं : नेपालले तीन महिनामा साढे दश करोडको गीन टी निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १० करोड ६५ लाख १९ हजार रुपैयाँ बराबरको गीन टी निर्यात भएको हो ।  

यस अवधिमा नेपालले विभिन्न देशमा उक्त रकम बराबरको ५२ हजार ५१५ केजी ग्रीन टी निर्यात गरेको हो । सर्वाधिक ग्रीन टी निर्यात गर्नेमा जर्मनी रहेको छ ।

विभागका अनुसार असोज मसान्तसम्म नेपालले २ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको १२ हजार १६२ केजी गिन टी जर्मनी निर्यात गरेको हो । त्यस्तै, जापानमा एक करोड ७६ लाख ५० हजार रुपैयाँ बराबरको ५ हजार ४९३ केजी ग्रीन टी निर्यात भएको छ ।

त्यसैगरी यस अवधिमा नेपालले चेक रिपब्लिकामा एक करोड २७ लाख ७६ हजार रुपैयाँ बराबरको ६ हजार ६५८ केजी र फ्रान्समा एक करोड २५ लाख ७२ हजार रुपैयाँ बराबरको ३ हजार ३२९ केजी ग्रीन टी बेचेको छ ।

असोज मसान्तसम्म चीनमा ७१ लाख ६६ हजार रुपैयाँको ३ हजार ९३४ केजी, बेलायतमा ९० लाख २६ हजारको ४ हजार ६८३ केजी र भारतमा ३१ लाख ७९ हजारको ७ हजार ४९७ केजी ग्रीन टी निर्यात गरेको हो ।

यस अवधिमा नेपालले अष्ट्रेलिया, क्यानडा, अमेरिका, स्पेन, स्वीजरल्याण्ड, थाइल्याण्ड, स्वीडेन, पोृल्याण्ड, नर्वे, नेदरल्याण्ड, कोरिया, इजरायल, हङकङ, फिनल्याण्ड लगायतका विभिन्न देशमा ग्रीन टी निर्यात गरेको छ ।

असोजमा पाँच खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको नेपालले चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

त्यस्तै यस अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 
 

Advertisment

थप समाचार