काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले यस अवधिमा २४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३५.३८ प्रतिशतले बढी हो । जबकी गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असोज मसान्तसम्म कम्पनीले चार अर्ब ३८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा तीन अर्ब ८२ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
कुल बीमा शुल्कबाट कम्पनीले १५ करोड ४५ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ । यस अवधिमा कम्पनीको कुल बीमाशुल्क १४.२९ प्रशिततले बढ्दा खुद बीमाशुल्क आर्जन ११.०७ प्रतिशतले बढेको छ ।
अभिकर्ता कमिशनमा गत वर्ष ३६ करोड २३ लाख रुपैयाँ खर्चिएको कम्पनीले यस वर्ष ३६ करोड एक लाख रुपैयाँ खर्च गरेको छ । गत वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशन खर्च पनि घटाएको छ ।
पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१.६२ रुपैयाँ रहेको छ ।
Advertisment