काठमाडौं : सिटि होटल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले यस अवधिमा ६ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
गत वर्षको सोही अवधिमा कम्पनीले आठ करोड ९२ लाख रुपैयाँ नोक्साजनी व्यहोरेको कम्पनीले समिक्षा अवधिमा होटलको आम्दानी बढाएसँगै नोक्सानी घटाएको छ ।
गत वर्षको सोही अवधिमा नौ करोड ९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले असोज मसान्तसम्म आइपुग्दा ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त सञ्चालन आम्दानी गत वर्षको तुलनामा २७.४७ प्रतिशतले बढी हो ।
यस अवधिमा होटलको कुल आम्दानी ३२.०८ प्रतिशतले बढेर १३ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै होटलको कुल खर्च १४.५९ प्रतिशतले बढेको छ भने वित्तीय खर्च १०.६४ प्रतिशतले बढेको छ ।
नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ । गत वर्ष २३ रुपैयाँ ७० पैसा ऋणात्मक रहेको होटल प्रतिशेयर आम्दानी यस वर्ष १४ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको छ । प्रतिशेयर नेटवर्थ १००.०२ रुपैयाँ रहेको छ ।
Advertisment