Below Menu
Below Menu

नाफासँगै घट्यो सोल्टी होटल्सको प्रतिशेयर आम्दानी 

नाफासँगै घट्यो सोल्टी होटल्सको प्रतिशेयर आम्दानी 

काठमाडौं : सोल्टी होटल्स लिटिडेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ८.६२ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा होटलको आम्दानी घटेसँगै नाफा घटेको हो ।

गत वर्षको सोही अवधिम ४१ करोड रुपैयाँ आम्दानी गरेको होटलले यस वर्ष व्यवसायबाट ३९ करोड ९६ लाख रुपैयाँ आँदानी गरेको छ । जुन गत वर्षको भन्दा ३.२८ प्रतिशतले कम हो ।

असोज मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी १२ करोड ६८ लाख रुपैयाँबाट घटेर ११ करोड ९५ लाख रुपैयाँमा झरेको छ । नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि घटेको छ ।

पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १६ पैसा रहेको छ । गत वर्ष यस्तो आम्दानी १ रुपैयाँ ३३ पैसा रहेको थियो । होटलको प्रतिशेयर नेटवषर्् २४.९७ रुपैयाँ रहेको छ । 

Advertisment

थप समाचार