काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट भूकम्पपीडितलाई कम्बल बाँड्ने भएको छ । कम्पनीले जाजरकोटको नलगाढ नगरपालिकाका भूकम्पपीडितलाई पाँच लाख रुपैयाँ बराबरको न्यानो कम्बल बाँड्न लागेको जनाएको हो ।
साथै भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
रिलायबलले जाजरकोट र रूकुम पश्चिम क्षेत्रमा रहेका सबै अभिकर्ता र अनेय कमर्चारीहरूलाई उद्धार कार्यमा सक्दो साथ र सहयोगमा जुट्न पनि अनुरोध गरेको छ ।
Advertisment