Below Menu
Below Menu

विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब 

विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

असार मसान्तमा रु.१५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई असोज मसान्तमा आइपुग्दा रु.१६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा रु.१३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा असोज मसान्तमा ६.५ प्रतिशतले वृद्धि भई रु.१४३३ अर्ब ३६ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा असोज मसान्तमा ८.३ प्रतिशतले वृद्घि भई रु.२०९ अर्ब ७३ करोड कायम भएको छ । २०८० असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको छ ।

Advertisment

थप समाचार