Below Menu
Below Menu

हिमालयन एभरेष्ट इन्स्योरेन्सले कमायो ५ करोड बढी नाफा

हिमालयन एभरेष्ट इन्स्योरेन्सले कमायो ५ करोड बढी नाफा

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.८९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले चार करोड ५३ लाख ७४ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । समिक्षा अवधिमा कम्पनीको कमिसन आम्दानी र कर्जा तथा लगानी आम्दानी बढेका कारण नाफा बढेको हो ।

असोज मसान्तसम्म कम्पनीको कमिशन आम्दानी १७.१८ प्रतिशत र लगानी तथा कर्जा आम्दानी १५.४८ प्रतिशतले बढेको छ ।
गत वर्षको सोही अवधिमा २२ करोड २५ लाख रुपौयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको असोज मसान्तसम्म १९ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

दुई अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बीमा कोषको आकार ४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।  यस अवधिमा कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

गत आवको सोही अवधिमा ७ रुपैयाँ ८९ पैसा रहेको इन्स्योरेन्सको इपीएस बढेर ९ रुपैयाँ ३० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८७.२५ रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार